धनकुटामा मङ्गलबार सार्वजनिक बिदा

धनकुटामा मङ्गलबार सार्वजनिक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले भदौ ४ गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ । नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक पर्व गाईजात्रा (सापारु) को अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।  नगर कार्यपालिकाको साउन ३२ को निर्णयानुसार नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय कार्यालय, शैक्षिक संस्था, सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।
विपदमा परी कोशीमा २७ जनाको मृत्यु, तीनजना बेपत्ता

विपदमा परी कोशीमा २७ जनाको मृत्यु, तीनजना बेपत्ता

विराटनगर । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेशमा ८ जना, बागमतीमा ३२ जना, गण्डकीमा ५५ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १८१ जनाको मृत्यु भएको हो । काठमाडौं उपत्य...
सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदीको मूल्य पनि बढ्यो

विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य हालसम्मकै उच्च भएको हो । शुक्रबार १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ । साउन २९ मा नयाँ रेकर्ड राखेको सुनको मूल्यले आज त्यसलाई पनि उछिनेको छ । साउन २९ गते सुनको मूल्य तोलामा १ लाख ५० हजार ८ रुपैयाँ कायम भएको थियो । ...
हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति

हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति

झापा । हावाहुरीका कारण झापाका विभिन्न स्थानमा क्षति भएको छ । गएरातिको हुरीले कतिपय क्षेत्रमा बिजुलीका खम्बा ढालेको छ । केही स्थानमा घरका छाना समेत उडाएको जनाइएको छ । बिजुलीको खम्बा ढलेपछि मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टा तथा आसपास क्षेत्रमा विद्युत् प्रवाह अवरुद्ध बनेको छ । हुरीले चारआलीको पाउ पाथीभरा मन्दिर नजिक राजमार्गमा सखुवाको रूख ढाल्दा एउटा कारमा क्षति पुगेको छ । चारआलीबाट बिर्ता...
साफ च्याम्पियनसिपः उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै

साफ च्याम्पियनसिपः उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौँ । दक्षिण एसियाली राष्ट्रहरु बीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् । उद्‌घाटन खेल दिउँसो ३ बजे सुरू हुनेछ । नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करण सहित सन...
जब कोशीको बाँध फुट्यो…

जब कोशीको बाँध फुट्यो…

सुनसरी । आज भदौ २ गते । आजको दिनले १६ वर्ष अघिको एउटा त्रासमय घटना सम्झना गराउँछ । २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध भत्किएर त्राहिमाम अवस्था सिर्जना भएको थियो । त्यसैले यो दिनलाई धेरैले अकल्पनीय घटना भएको दिनका रुपमा सम्झन्छन् । तत्कालीन पश्चिम कुशाहा गाविसस्थित कोशी ब्यारेजको उत्तरी भागमा कोशीको बाँध दिउँसो करिब साढे १ बजे फुटेको थियो । हेर्दाहेर्दै बाँधमा रहेका कैयौँ ठूला रुखहरू नदीमा व...
अनुयाले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

अनुयाले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

काठमाडौँ । अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि जितेकी छन् । काठमाडौंमा शनिबार राती सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरूलाई उछिन्दै तामाङले उपाधि जितेकी हुन् । उपाधिसँगै अनुयाले नगद १० लाखसहित गिफ्ट ह्याम्पर पाएकी छन् । कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा, छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, मेलिना र...
१० औँ राष्ट्रिय खेलकुदमा कोशीलाई पहिलो बनाउने तयारी गरौंः मन्त्री राई

१० औँ राष्ट्रिय खेलकुदमा कोशीलाई पहिलो बनाउने तयारी गरौंः मन्त्री राई

विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम पदक जित्ने गरी तयारीमा लाग्ने बताएका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । मन्त्री राईले प्रदेशमा खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने ग...
विराटनगरका सागर घिमिरे ‘मिस्टर नेपाल-२०२४’ को फाइनलमा

विराटनगरका सागर घिमिरे ‘मिस्टर नेपाल-२०२४’ को फाइनलमा

विराटनगर । विराटनगर महानगरपालिका–१ हाम्रो चोकका ३१ वर्षीय सागर घिमिरे मिस्टर नेपाल २०२४ को फाइनलमा प्रवेश गरेका छन् । विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै उनले भोटिङ राउन्डमा स्थान पाएका छन् । सागरले ब्याचलर इन फुड टेक्नोलोजीमा अध्ययन गरेका छन् भने मोडलको रूपमा पनि परिचित छन् । उनले आफूलाई भोट दिएर फाइनलमा जिताउन आग्रह गरेका छन् । उनलाई ईसेवामा मिस्टर नेपाल २०२४ सर्च गरेर भोट दिन सकिने छ ।
सोलुखुम्बुको बाढी प्रभावित क्षेत्रमा रक्षामन्त्री सहितको टोली

सोलुखुम्बुको बाढी प्रभावित क्षेत्रमा रक्षामन्त्री सहितको टोली

सोलुखुम्बु । खुम्बु–पासाङल्हामु गाउँपालिका–५ मा बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रक्षामन्त्री मानवीर राईको नेतृत्वको टोली आइपुगेको छ । टोलीमा सङ्घीय र प्रदेशसभा सदस्य लगायत छन् । थामे खोलामा लेदो सहितको बाढी एक्कासी उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकी गरी २० घरमा क्षति पुगेको छ । बाढीबाट प्रभावित ९३ जनाला...
ट्याङ्करको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

ट्याङ्करको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ का ४१ वर्षीय महेशकुमार मेहता र पछाडि बसेका ४२ वर्षीय जयप्रकाश मेहता छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज दिउँसो कञ्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल बोकेको को १ ख...
सोलुखुम्बुको थामे गाउँमा बाढी पस्यो, केही घर बगे

सोलुखुम्बुको थामे गाउँमा बाढी पस्यो, केही घर बगे

सोलुखुम्बु । सोलुखुम्बुको थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे गाउँ प्रभावित बनेको छ । बाढीले उक्त गाउँका केही घरहरू बगाएको छ । सोलुखुम्बु र दोलखाको सीमा भएर बग्ने थामे खोलाको शिरमा रहेका केही हिमतालहरू फुट्दा थामे बस्तीका केही घर र होटलहरू बगाएको जनाइएको छ । थामेको बाढी दुधकोसीमा मिसिएसँगै दूधकोशी तटीय क्षेत्रमा जोखिम रहेकोले गाउँपालिकाले तटीय क्षेत्रका नागरिकलाई सु...
बैङ्कहरूले भदौ महिनाका लागि घटाए निक्षेपको ब्याजदर

बैङ्कहरूले भदौ महिनाका लागि घटाए निक्षेपको ब्याजदर

विराटनगर । वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार बैङ्क प्राइम कमर्सियलले मात्र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । अन्य ७ वटा बैङ्कले ब्याजदर स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका हुन् । १२ वटा बै...
ताप्लेजुङको फक्ताङलुङमा बाढीले झोलुङ्गे पुलमा क्षति, आउजाउ प्रभावित

ताप्लेजुङको फक्ताङलुङमा बाढीले झोलुङ्गे पुलमा क्षति, आउजाउ प्रभावित

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा बाढीले पुल क्षतिग्रस्त बनाएको छ । पर्यटकीय सिजन सुरु हुन लाग्दा झोलुङ्गे पुल भत्किएपछि समस्या भएको छ । स्थानीय बासिन्दालाई पनि आवागमनमा कठिनाइ भएको छ । दुई दिनअघि अविरल वर्षापछि आएको बाढीले उक्त पुलमा क्षति पुर्याएको थियो । त्यस क्षेत्रमा पर्ने बाटो र उक्त पुल भएर कञ्चनजङ्घा आधार शिविरतिर आउजाउ हुने गरेको थियो । पुलमा क्षति पुगेपछि अब समस्या ह...
भक्तपुरको दुर्घटनामा ओखलढुङ्गाका व्यक्तिको मृत्यु भएको पुष्टि

भक्तपुरको दुर्घटनामा ओखलढुङ्गाका व्यक्तिको मृत्यु भएको पुष्टि

ओखलढुङ्गा । भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा मृत्यु भएका स्कुटर चालक ओखलढुङ्गाका व्यक्ति भएको खुलेको छ । हिजो दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त घटनामा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–४ खहरे भन्ने स्थानमा स्थायी घर भइ काठमाडौँको कपन बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको खुलेको हो । ठक्कर दिएपछि ढलेका उनलाई ट्रक चालक...
लागूऔषधसहित ६ जना पक्राउ

लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । धनकुटा, मोरङ र झापाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । मोरङको कानेपोखरी गाउँपालिका–३ बाट २४ वर्षीय मिथलेस कुमार मण्डल, २६ वर्षीय भास्करकुमार शर्मा र २५ वर्षीय सौरभकुमार पासवानलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १० ग्राम ७०० मिलीग्राम हिरोइन बरामद गरिएको छ । यस्तै, झापाको कमल गाउँपालिका–२ का ३८ वर...
झापाको काँकडभिट्टामा राष्ट्रिय चेस च्याम्पियनसिप हुने

झापाको काँकडभिट्टामा राष्ट्रिय चेस च्याम्पियनसिप हुने

झापा । झापाको काँकडभिट्टामा ‘छैटौँ राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसिप’ हुने भएको छ । आगामी भदौ ७ देखि १० गतेसम्म च्याम्पियनसिप आयोजना हुने भएको हो । नाइट चेस क्लब र नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा हुने च्याम्पियनसिपमा दुईवटा बेग्लाबेग्लै स्पर्धा हुने जनाइएको छ । ‘रेटिङ बिलो २०००’ र ‘रेटिङ बिलो १७००’ को बेग्लाबेग्लै स्पर्धा हुने महासङ्घले जनाएको छ । च्याम्पियनसिपका निर्देशक विश्‍वविजय घिमि...
नेपाल टेलिकमको सेवा आज राति चार घण्टा बन्द हुने

नेपाल टेलिकमको सेवा आज राति चार घण्टा बन्द हुने

विराटनगर । नेपाल टेलिकमको सेवा आज राति आंशिक रुपमा प्रभावित हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले सूचना जारी गरी जनाएको छ । सेवासम्बन्धी समस्याका ल...
पेट्रोलको मूल्य अब ५ रुपैयाँ सस्तो

पेट्रोलको मूल्य अब ५ रुपैयाँ सस्तो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो । अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्...
आगामी महाधिवेशनमा सभापतिका लागि मेरो दाबीः कोइराला

आगामी महाधिवेशनमा सभापतिका लागि मेरो दाबीः कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा आफू सभापतिको दाबेदार रहने बताएका छन् । आगामी २०८२ सालमा कांग्रेसको महाधिवेशन हुने सम्भावना छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अघिल्लो महाधिवेशनमा पराजित निकटतम प्रतिद्वन्द्वी भएका कारण पनि सभापतिमा स्वतः आफ्नो दाबी रहने कोइरालाले बताए । देशभर भ्रमण गरेर नेता कार्यकर्ता भ...
‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको हो । बैठकले सरला चापागाईंलाई उपाध्यक्ष र सदस्य सचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेशराज सुवेदी) लाई मनोनयन गरेको छ । कार्यपालिका बैठकले माया पौडेल आशावादी (नृत्य...
विराटनगरमा राधाकृष्ण रथयात्राः स्वीकृति नलिइ सर्बत-पानी वितरण नगर्न आग्रह

विराटनगरमा राधाकृष्ण रथयात्राः स्वीकृति नलिइ सर्बत-पानी वितरण नगर्न आग्रह

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्णको रथयात्राका क्रममा हुने फोहोर व्यवस्थापनमा विराटनगर महानगरपालिकाले तयारी थालेको छ । जथाभावी फोहोर हुन नदिनका लागि महानगरले सम्बन्धित संघ संस्था र व्यक्तिलाई स्वीकृति लिएर मात्रै पानी, सर्बत, प्रसाद लगायतका सामग्री वितरण गर्न आग्रह गरेको छ । रथयात्राका क्रममा सर्बत, पानी, प्रसाद लगायतको खोल, बोतल र प्लास्टिक सडकमा फ्याल्दा बजार फोहोर देखिने गरेको छ । गत...
खोटाङमा विद्यालय जाँदै गर्दा पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

खोटाङमा विद्यालय जाँदै गर्दा पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

खोटाङ । खोटाङको विश्वज्योति उच्च माध्यमिक विद्यालयकी शिक्षिका सावित्रादेवी नेवारको पहिरोमा परेर मृत्यु भएको छ । बिहीबार बिहान पौने १० बजे विद्यालय जाँदैगर्दा बाटोमा पहिरोले पुरिएर शिक्षक मगरको मृत्यु भएको हो । रावाँबेसी गाउँपालिका–३ वडा कार्यालय छेउमा पहिरो जाँदा नेवारको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकी उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पासाङद्वारा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण

पासाङद्वारा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण

काठमाडौँ । पासाङ नाम्गेल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुराको सफल आरोहण गरेका छन् । ती र अरु दुईवटा हिमालको सफल आरोहण गरेर उनी आज नेपाल फर्किएका छन् । नेपाल पर्वतारोहण सङ्घले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुईवटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् । उनले १६ वटा चुचुराहरूको आरोहण गर्न २२ वर्ष ल...
सार्वजनिक यातायात व्यवस्थित बनाउन गृहको १२ बुँदे निर्देशन

सार्वजनिक यातायात व्यवस्थित बनाउन गृहको १२ बुँदे निर्देशन

विराटनगर । गृह मन्त्रालयले सार्वजनिक यातायातमा अनिवार्य जीपीएस ट्र्याकिङ प्रणाली, सिसिटिभी जडान र अनलाइन टिकटको व्यवस्था गर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो ।  मन्त्रालयले सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई १२ बुँदे निर्देशन दिएको...
मिस्टर एण्ड मिस लिटल कोशीका लागि अडिसन सुरु हुँदै

मिस्टर एण्ड मिस लिटल कोशीका लागि अडिसन सुरु हुँदै

विराटनगर । सातौँ संस्करणको ‘मिस्टर एण्ड मिस लिटल कोशी’ प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको अडिसन विराटनगर, इटहरी र धरानमा हुने भएको छ । विराटनगरमा आउँदो शनिबार, इटहरीमा भदौ ८ गते र धरानमा भदौ १५ गते अडिसन हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले जानकारी दिए । छनौट चरणको अडिसनबाट छनौट भएका प्रतियोगीहरू फाइनलमा पु...
धनकुटा र तेह्रथुमलाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा

धनकुटा र तेह्रथुमलाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा

धनकुटा । धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा आएको छ । कोशी प्रदेश सरकारद्वारा निर्माण गरिएको सडकको बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् । धनकुटाको सिधुवादेखि तेह्रथुमको शुक्रबारेसम्मको डबल लेन सडक सञ्चालनमा आएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई लाभ मिल्ने सरकारको विश्वास छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्य...
झापामा बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापामा बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापा । १३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।  बालिकालाई ललाईफकाई प्रलोभन देखाएर मङ्गलबार राति आफ्नै घरभित्र लगी ती युवकले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुस...
बोलेरो गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु

बोलेरो गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा बोलेरो गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सातजना यात्री घाइते भएका छन् । सिन्धुली तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका–२ चियाबारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालतर्फ लगिएको...
मोरङको जहदामा मोटरसाइकलमा गाँजा ओसार्ने युवक पक्राउ

मोरङको जहदामा मोटरसाइकलमा गाँजा ओसार्ने युवक पक्राउ

विराटनगर । मोरङको जहदाबाट ६ किलो गाँजासहित गएराति एकजना युवक पक्राउ परेका छन् । जहदा गाउँपालिका–१ का २६ वर्षीय अमित मण्डललाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको सइ उज्ज्वल शाक्य नेतृत्वको टोलीले प्रदेश १–०४–००१ प ९८०२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । त्यस क्रममा जाँच गर्दा चालकको साथबाट ६ किलो गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञान...
मंकीपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा

मंकीपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा

काठमाडौँ । अफ्रिकाका केही भागहरूमा मंकीपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अत्यधिक सङ्क्रामक रोग मानिने मंकीपक्सले कङ्गोमा कम्तीमा ४५० जनाको मृत्यु भएको छ । यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको छ । वैज्ञानिकहरूले यो रोगको नयाँ भेरियन्ट छिटो फैलिरहेको र उच्च मृत्यु दरका कारण चिन्ता व्यक्त गरेका छन् । डब्यूएचओ महानिर्देशक टेड्...
error: Content is protected !!