धनकुटा । संखुवासभाको धर्मदेवी नगरपालिका-८ सुर्तीवारीबाट अरुण नदीमा जीप खसेको छ । खाँदबारी-९ तुम्लिङटारबाट धनकुटाको हिलेतर्फ आउँदै गरेको जीप आज दिउँसो करिब ३ बजे नदीमा खसेको हो ।
पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएर जीप अरुण नदीमा खसेको प्रहरीले जनाएको छ ।
जीपमा तीन जना सवार थिए । नदीबाट तीनै जनालाई उद्धार गरिएको डीएसपी दक्षकुमार बस्नेतलले जानकारी दिए । जीप अरुण नदीमा डुबिसकेको छ । गाडी नम्बर पनि खुल्न बाँकी छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।