धरानमा छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धरानमा छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर । सुनसरीको धरान-१७ मा रहेको माउन्ट मोरिया स्कुलका शिक्षक २३ वर्षीय असित ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा ठकुरी पक्राउ परेका हुन् । उनलाई यसभन्दा अगाडि पनि यही आरोपमा धरानकै एउटा विद्यालयले निकालेको थियो । त्यतिखेर भने प्रहरीमा उजुरी परेको थिएन । विद्यार्थीहरूले उजुरी दिएपछि सोमबार ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी ना...
मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना

मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका-७ बरडंगाबाट भरुवा बन्दुकसहित वृद्ध पक्राउ परेका छन् । स्थानीय ६० वर्षीय प्रकाश यादवलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सुराकीका आधारमा मङ्गलबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा बन्दुक फेला परेको हो । घरमा लुकाएर राखेको अवस्थामा एक नाल भरुवा बन्दुक भेटिएपछि बन्दुकसहित वृद्धलाई नियन्त्रणमा लिइएको मोरङका ...
नेपाल टेलिकमको बोनस सुविधा, कति रिचार्जमा कति पाइन्छ बोनस ? 

नेपाल टेलिकमको बोनस सुविधा, कति रिचार्जमा कति पाइन्छ बोनस ? 

विराटनगर । नेपाल टेलिकमले प्रिपेड तथा पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनसको सुविधा उपलब्ध गराएको छ । रिचार्ज अथवा विद्युतीय माध्यमबाट टपअप गर्दा भ्वाइस तथा डेटा बोनसका रूपमा उपलब्ध हुने टेलिकमले जनाएको हो । ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्दा तीन दिन मान्य हुने २० मिनेट भ्वाइस कल बोनस पाइने छ । यो एनटिसी नेटवर्कभित्र मात्रै मान्य हुनेछ । टेलिकमका अनुसार १०० देखि १९९ रुपैयाँ रिचार्ज गर्दा तीन दिन ...
विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ

विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बीउ उपलब्ध गराएको छ । आज कृषकहरूलाई महानगरले उन्नत जातको गहुँको बीउ उपलब्ध गराएको हो । कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार पाँच सय २६ किलो बीउ वितरण गरिएको छ । उक्त बीउले ६० हेक्टर जमिनमा खेती गर्न सकिन्छ ।  महानगरका दुई सय ६२ घरधुरीलाई बिउ वितरण गरिएको तिम्सिनाले बताए । महानगर क्षेत्रभित्र एक हजार तीन सय ७५ खेतीयो...
सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो 

सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो 

विराटनगर । आज सुन मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार चार सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सुन तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुप...
सुनसरीबाट तीन सय ४० किलो गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ

सुनसरीबाट तीन सय ४० किलो गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरबाट गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ परेका छन् । प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकको पछाडि कालो त्रिपालले छोपिएको अवस्था प्रहरीले गाँजा बरामद गरेको हो । ट्रकबाट ११ वटा बोरामा राखिएको तीन सय ४० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्रक धनी तथा चालक धनकुटाको सहिदभूमि गाउँपालिका-४ का ३० वर्षीय जयप्रकाश राई छन् । यस्तै भोजपुरको पौ...
झापामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका-११ तेलिबारीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा आज दिउँसो करिब साढे १२ बजे बागमती प्र-०१-००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । ठक्करबाट भद्रपुर नगरपालिका-१० का ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।...
अनेरास्ववियु धनकुटाको अध्यक्षमा युवा तिम्सिना निर्वाचित

अनेरास्ववियु धनकुटाको अध्यक्षमा युवा तिम्सिना निर्वाचित

धनकुटा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धनकुटाको अध्यक्षमा युवा तिम्सिना निर्वाचित भएका छन् । अनेरास्ववियुको आज सम्पन्न २४ औं जिल्ला अधिवेशनले तिम्सिनाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा बालकृष्ण बस्याल, सुबन श्रेष्ठ र भविन्द्र राई चयन भएका छन् । सचिवमा कुमार सापकोटा तथा उप-सचिवमा अस्मिता राई, विशाल लिम्बू र प्रदिप बरुवा...
सेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार रकम घट्यो

सेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार रकम घट्यो

विराटनगर । सेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अङ्कले बढेको छ । नेप्से आज १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ विन्दुमा पुगेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे १० अर्बको कारोबार भएकोमा आज तीन सय सात वटा कम्पनीका एक करोड ८१ लाख कित्ता सेयर आठ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । आज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक...
एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाउँदै १६१ रन बनाएको हो । चितवनका लागि इंग्लिस ब्याटर रवी बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन छक्का र  तीन चौका  प्रहार गरे।
धनकुटामा मनाइयो अपाङ्गता दिवस

धनकुटामा मनाइयो अपाङ्गता दिवस

धनकुटा । धनकुटामा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा प्रभात फेरी निकालिएको छ । आज नगरस्तरीय अपाङ्गता रोकथाम तथा पुर्नस्थापना संस्थाको आयोजना तथा धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा र्‍याली निकालिएको हो । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको हो । विभिन्न नारा लेखिएका प्लेकार्डसहित सुरु भएको र्‍...
मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन

मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन

विराटनगर । मोरङको बुढीगंगा-४ स्थित मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीहरूले मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने मेसिन बनाएका छन् । आफैँले चलाउने सवारी साधनमा चालक आफैँले आफ्नो अल्कोहलको मात्रा जाँच गर्नसक्ने मेसिन बनाएका हुन् । डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीहरूले छ महिना लगाएर उक्त मेसिन बनाएका हुन् । कुनै पनि सवारीसाधनमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउ...
एनपीएल : विराटनगरको लगातार दोस्रो हार, सुदूरपश्चिमको सानदार सुरुआत

एनपीएल : विराटनगरको लगातार दोस्रो हार, सुदूरपश्चिमको सानदार सुरुआत

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगरको लगातार दोस्रो हार भएको छ । आज टीयू क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्ससँग विराटनगर पराजित भएको छ । सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनाउन सक्यो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अन्य ब्याटरले दोहो...
काँग्रेसमा किचलो : संस्थापन र कोइराला पक्षद्वारा विराटनगरमा बेग्लाबेग्लै भेला आयोजना

काँग्रेसमा किचलो : संस्थापन र कोइराला पक्षद्वारा विराटनगरमा बेग्लाबेग्लै भेला आयोजना

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षले विराटनगरमा आजदेखि पालिका सभापतिहरूको वृहत भेला गर्ने भएको छ । कोइराला पक्षले आज दिउँसो १ बजे विराटनगरको जैन भवनमा भेलाको उद्‌घाटन गर्ने तयारी गरेको छ । हिजो संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मंसिर २२ गतेदेखि भेला आयोजना गरिएको जनाएको थियो । शेखर पक्षको भेला आधिकारिकी नभएको र मंसिर २२ बा...
एनपीएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

एनपीएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए । विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक/एक विकेट लिए...
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ ।  हिजो सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।  आज चाँदीको मूल्य ...
एनपीएल : आजको पहिलो खेलमा सुदूरपश्चिम र विराटनगर भिड्ने 

एनपीएल : आजको पहिलो खेलमा सुदूरपश्चिम र विराटनगर भिड्ने 

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो खेल हुनेछ । खेल बिहान ९ः१५ मा सुरु हुनेछ । सुदूरपश्चिको यो पहिलो खेल हो भने विराटनगरको दोस्रो खेल हो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । यस्तै आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यो खेल...
भोजपुरमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

भोजपुरमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-२ धारापानीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । सोही स्थानका दिपेन्द्र भुजेलको छोरा २२ वर्षीय एक्सन भुजेलको दुर्घटनामा मृत्यु भएको हो । अचानक ट्याक्टरबाट झरेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई बीचको चक्काले किचेको थियो । हिजो बेलुका घोडेटार-भोजपुर कच्ची सडक खण्ड स्थित कावा खोलाबाट लुङ्गिन तर्फ आउँदै गरेको को २ त...
एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्ति गरेको छ । आज नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङ्थेपलाई सचेतक नियुक्त गरेका हुन् । प्रमुख सचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएपछि सचेतकमा मुख्यमन्त्री कार्कीले उनलाई नियुक्त गरेका हुन् ।
कोशीको कानुनमन्त्रीमा एमालेका भण्डारी नियुक्त, लिए पद तथा गोपनियताको सपथ

कोशीको कानुनमन्त्रीमा एमालेका भण्डारी नियुक्त, लिए पद तथा गोपनियताको सपथ

विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी नियुक्त भएका छन् । संविधानसभा सदस्य तथा एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री नियुक्त गरेका हुन् । उनले आज साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिए । जापान भ्रमणको विवादका कारण तत्कालीन आन्तरिक मामिला ...
एनपीएल : जनकपुर बोल्ट्ससँग पराजित भयो कर्णाली याक्स

एनपीएल : जनकपुर बोल्ट्ससँग पराजित भयो कर्णाली याक्स

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससँग कर्णाली याक्स पराजित भएको छ । टस जितेर पहिला व्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएको थियो । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरको क्षतिमा २ विकेट गुमाउँदै सो लक्ष्य भेट्टाएको हो ।
नेप्से दोहोरो अङ्कले बढ्यो

नेप्से दोहोरो अङ्कले बढ्यो

विराटनगर । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको सेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको सेयर उच्च अङ्कले बढेको छ । आज तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ...
एनपीएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

एनपीएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला व्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएको हो ।
एनपीएल : चितवन राइनोजसँग काठमान्डु गुर्खाज पराजित

एनपीएल : चितवन राइनोजसँग काठमान्डु गुर्खाज पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले काठमान्डु गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । आज भएको खेलमा काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो । चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो  । आज सुन तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार आठ सय १५ रुप...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बलराम सरदार थारूलाई १ हजार ६ सय ३६ मतले पराजित गर्दै माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । माओवादीका माझी ६ हजार ९ सय ६९ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । काँग्रेसका थारूले ५ ...
उदयपुरको त्रियुगा-१२ मा माओवादीका राई विजयी

उदयपुरको त्रियुगा-१२ मा माओवादीका राई विजयी

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । उपनिर्वाचनमा माओवादीका उम्मेदवार नविन कुमार वान्तवा राई ९२३ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार लक्ष्मी नारायण चौधरीले ६०८ मत प्राप्त गर्दा नेपाली काँग्रेसका संजिव काफ्लेले ३५९ मत प्राप्त गरे ।
मोरङको ग्रामथानमा माओवादी उम्मेदवार माझीले फराकिलो बनाउदै अग्रता

मोरङको ग्रामथानमा माओवादी उम्मेदवार माझीले फराकिलो बनाउदै अग्रता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता फराकिलो बनाउदै लगेका छन् । राती करिब २ः३० बजे सार्वजनिक मतपरिणाम अनुसार माझीले २४१२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार बलराम सरदारले १७४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ९९३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन...
सुनसरीको गढी गाउँपालिका-६ मा काँग्रेस उम्मेदवार विजयी

सुनसरीको गढी गाउँपालिका-६ मा काँग्रेस उम्मेदवार विजयी

विराटनगर । सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार तेतर साहु विजयी भएका छन् । उनी ८१६ मत प्राप्त गर्दै विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार शन्तु उरावले ७७० मत प्राप्त गरे ।
तेह्रथुमको लागिगुराँस नगरपालिका-८ मा काँग्रेसका लिम्बू निर्वाचित

तेह्रथुमको लागिगुराँस नगरपालिका-८ मा काँग्रेसका लिम्बू निर्वाचित

विराटनगर । तेह्रथुमको लागिगुराँस नगरपालिका-८ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार नगेन्द्र लिम्बू निर्वाचित भएका छन् । लिम्बू ४४० मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार बुद्ध बहादुर लिम्बूले ३६० मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्जिब खड्काले ३८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार कुमार विश्वकर्माले २६ मत प्राप्त गरे ।
मोरङको ग्रामथानमा माओवादीका माझीको सुरुवाती अग्रता

मोरङको ग्रामथानमा माओवादीका माझीको सुरुवाती अग्रता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार नमो नारायण माझीले सुरुवाती अग्रता लिएका छन् । आज राती करिब १ बजे सार्वजनिक मतपरिणाम अनुसार माझीले १ हजार १ सय ८१ मतसहित अग्रता लिएका हुन् । माझीलाई नेपाली कांग्रेसका बलराम सरदार थारुले पछ्याइरहेका छन् । उनले ९ सय २४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेद्वार तुलसीराम विश्वासले ४ ...
error: Content is protected !!