‘कोशी प्रदेशले बनाएका कानुनले निर्माण चरण पूरा गर्न पाएनन्’
विराटनगर । कोशी प्रदेशसभाले बनाएका कानुनहरू निर्माण चरण पूरा नगरेको पाइएको छ । कोशी प्रदेशसभाले बनाएका ऐनको अध्ययन र समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिइएको हो । २०८० साल मंसिरसम्म कोशी प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावलीको अध्ययन र समीक्षा गर्न प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय कानुन संकायलाई जिम्मा दिएको थियो ।
प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावली अध...































