
विराटनगर । विराटनगर-१९ मिलन चोकमा गुडिरहेको टिपरमा आगलागी भएको छ । आज दिउँसो २ः३० बजेतिर प्रदेश १-०२-००१ ख ८५३१ नम्बरको टिपरमा आगलागी भएको हो ।
विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै थियो । प्रहरीका अनुसार टिपर सुनसरीको इनरुवा नगरपालिका-३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए ।
आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आगोले टिपरको अगाडिको भागमा क्षति पुगेको छ भने कुनै मानवीय क्षति भएको छैन ।

संगालोखबर 













