रथयात्रामा ११४ ट्राफिक प्रहरी खटाइने
विराटनगर । विराटनगरमा भोलि निकालिने राधाकृष्ण रथयात्राका लागि ११४ जना ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार ५५ स्थानमा ट्राफिकलाई ड्युटीमा खटाइने छ ।
रथयात्राका लागि सुनसरी र झापाबाट समेत २५ जना ट्राफिक प्रहरी झिकाइएको उनले जानकारी दिए । मोरङमा ११० जना ट्राफिक प्रहरी छन् । अन्य स्थानमा पनि नियमित ड्युटी गर्नुपर्...






























