संगालोखबर


विराटनगर । उदयपुरको कटारी नगरपालिका-६ स्थित मदन भण्डारी लोकमार्गमा स्कारपियो गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

दुर्घटनामा झापाको दमक नगरपालिका-३ का ५५ वर्षीय माधब बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कटारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

चितवनबाट झापा तर्फ आउँदै गरेको  मे १ च ३०४० नम्बरको स्कारपियो बिहीबार अपराह्‍न दुर्घटनामा परेको हो । प्रहरीका अनुसार स्कारपियो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक दमक-९ का ३८ वर्षीय देवेन्द्र तामाङ, दमक-१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक-१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक-६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक-२ का ३८ वर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका-१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् ।

चालक तामाङलाई उपचार पश्चात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!