संगालोखबर


विराटनगर । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल शिक्षक महासङ्घले धोका दिएको भन्दै समितिले आन्दोलन घोषणा गरेको हो ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत परिषद्ले आन्दोलन परिचालन समिति गठन गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिले बैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने जनाएको छ ।

Advertisement

यस्तै जेठ ४ गते ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनबारे जानकारी गराउने समितिले उल्लेख गरेको छ । जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने र ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षण पत्र बुझाउने समितिको तयारी छ ।

यसैगरी जेठ ७ गते सातवटै प्रदेशमा आन्दोलनको जानकारी गराउँदै सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउने समितिले जनाएको छ । जेठ ९/१० गते  काठमाडौं स्थित माइतीघर मण्डलाको सडक आन्दोलनमा सबैलाई उपस्थित हुन समितिले आह्वान गरेको छ । यस्तै दोस्रो चरणको आन्दोलनको रूपरेखाको तयारी गरिने समेत समितिले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!