विराटनगर । आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षामा पाँच लाख ११ हजार बढी परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षाका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । बिहान ८ बजेबाट परीक्षा सुरु भएको हो । आज पहिलो दिन नियमित विद्यार्थीको अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।
परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर परीक्षा हलमा मोबाइललगायतका सामाग्री लैजान नपाइने जनाएको हो । परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने बोर्डले चेतावनी दिएको छ ।
वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक तथा कर्मचारीको आन्दोलनका कारण १० दिनपछि सरेको हो ।