संगालोखबर


विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय गाँजा तस्करी बढ्न थालेको छ । नियमित जसो ट्रक, कार, टेम्पो लगायतका सवारी साधनबाट प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरिरहेको छ । यसैक्रममा सुनसरीबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट गाँजा बरामद भएको छ ।

शनिबार राति सुनसरीको रामधुनी नगरपालिका-६ पिडारीबाट प्रहरीले बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सबाट एक सय ८० किलो गाँजा बरामद गरेको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एम्बुलेन्सलाई रोकेर चेकजाँच गरेको थियो ।

Advertisement

चेकजाँचका क्रममा ६ वटा बोरामा पोका बनाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-४ का २५ वर्षीय श्रीराज कुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाँजा कहाँबाट ल्याएको र कहाँ लैजान लागिएको थियो भनेर खुल्न बाँकी छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!