संगालोखबर


विराटनगर । गीतकार अनिता सोनीलाई भारतमा ‘वेस्ट लिरिक्स अवार्ड’ प्रदान गरिएको छ । फिल्म जगतका उत्कृष्ट व्यक्तित्व दादासाहेब फाल्केको १५६ औं जन्मजयन्तीको अवसरमा मुम्बईमा आयोजित कार्यक्रममा सोनीलाई उत्कृष्ट गीतकार विधाको अवार्ड प्रदान गरिएको हो ।

समारोहमा बलिउड संगीत क्षेत्रका उत्कृष्ट संगीतकार अनु मलिक, गीतकार समिर, गायकहरू सोनु निगम, शान, मन्दाकिनी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Advertisement

लामो समयदेखि गीत लेखनमा सक्रिय विराटनगरकी सोनीका दुई दर्जन बढी हिन्दी र नेपाली भिडियोहरू समेत प्रसारण भइसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!