संगालोखबर


विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको बताएका छन् । कोशी प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको लगानी सम्मेलनको उद्‌घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अझ कोशी प्रदेशमा जुनसुकै क्षेत्रमा लगानी गरेपनि हुने बताए । प्रधानमन्त्री ओलीले उद्योग र व्यवसाय सञ्चालन गर्नका लागि अनुकुल वातावरण कोशीमा रहेको उल्लेख गरे ।

Advertisement

प्रदेशमा  निजी क्षेत्रको सहजताका लागि ऐन संशोधन गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले लगानीको वातावरण प्रदेशमा पर्याप्त रहेकाले निर्धक्क भएर लगानी गर्न आग्रह समेत गरे ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लगानीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संसोधन गरेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरू तुरुन्तै गरिने र सङ्घीय वारेस बनेर सहजिकरण गर्ने बताए । उनले कोशी प्रदेश लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको उल्लेख गरे ।

कोशी प्रदेश लगानी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरू छनोट गरिएको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!