विराटनगर । भारतको ओडिशा राज्यस्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्यु प्रति विश्वविद्यालयले दुःख व्यक्त गरेको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना प्रकट गरेको छ । बीटेक पहिलो वर्षको कम्प्युटर साइन्स पढ्दै गरेकी नेपाली छात्रा आफ्नै छात्रावासको कोठामा बिहीबार मृत फेला परेकी थिइन् ।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार प्रहरीको उपस्थितिमा शव निकालिएको थियो । त्यसपछि किम्स अस्पताल लगिएको थियो । विश्वविद्यालय प्रशासनले मृतक छात्राको परिवारलाई तुरुन्तै जानकारी गराएको र अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ ।