उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज। उदयपुरको त्रियुगा नगरपालिका-७ कौवाईमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् । उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स ८ प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा पुलको गोलाईमा अनियन्त्रित भई दुवैजना पुलबाट दश मिटर तल खोलामा खसेका थिए । जिल्ला प्रहरी कार्यालयक...
धनकुुटामा अमेरीकी टोलीद्वारा शल्यक्रिया शिविर गरिने, शिविर ब्यवस्थित गर्न समिति गठन

धनकुुटामा अमेरीकी टोलीद्वारा शल्यक्रिया शिविर गरिने, शिविर ब्यवस्थित गर्न समिति गठन

धनकुटा, ३० असोज । पहुँच विहिन तथा गरिव असहाय वर्गका लागि धनकुटा अस्पतालमा अमेरीकी स्वास्थ्य विशेषज्ञ टोलीद्वारा वृहत निःशुल्क शल्यक्रिया शिविर आयोजना हुने भएको छ । गरिव असहाय तथा पहुँच नभएर स्वास्थ्य उपचार गर्न नसकेका सर्वसाधारणलाई लक्षित गरि आगामी कार्तिक ५ देखि १७ गतेसम्म शिविर सञ्चालन हुने जनाईएको छ । शिविर व्यवस्थित रुपमा संचालन गर्न रोशेष श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ...
झापामा मकैको चिउरा उद्योग शिलान्यास

झापामा मकैको चिउरा उद्योग शिलान्यास

दमक, २८ असोज । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गरे । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो । सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसर पारेर आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रदेश नं १ ...
सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो

सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब ५ बजेतिर अन्दाजी ७/८ जनाको अज्ञात समुहले स्थानीय हिमाल तामाङ र नगरपालिकाका मेयर बीरबल राईले साझेदारीमा लगाएको करिब २ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी गरेर भागेको जनाईएको छ । जग्गाको सिमाना साझेदारीमा भएकाले दुबैजनाले लगाएको उक्त र...
व्यापारीले ५२ करोड कर तिरेनन्

व्यापारीले ५२ करोड कर तिरेनन्

विराटनगर, २८ असोज । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन्। विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई यनीहरूबाट करवापतको बक्यौता उठाउन हम्मेहम्मे परेको छ । कार्यालयले २०७४ ७५ मा ५९ कारोड ३३ लाख रुपैयाँ कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो तर उनीहरूबाट अहिलेसम्म सात करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए। लामो समयदेखि आ...
वेसाहाराको साहारा बने विराटनगरका फुटवल प्रशिक्षक विक्की

वेसाहाराको साहारा बने विराटनगरका फुटवल प्रशिक्षक विक्की

मोरङ, २७ असोज । ‘एक प्रयास समाज खुसीका लागी हाम्रो अभियान अग्रजलाई सम्मान’ भन्ने नाराका साथ विराटनगरका पूर्व खेलाडी बाढी पीडितको घर बनाउने अभियानमा जुटेका छन् । विगत बर्षको बाढीका कारण प्रभावितको लागि घर बनाउने अभियानका उनी जुटेका हुन् बाढीले विराटनगरमा ठूलै क्षती पुर्याएको थियो । विराटनगर १ पोखरिया परोपकार घाटका लालबहादुर श्रेष्ठ र सुशिला श्रेष्ठ दम्पतीको पनि घर बाढीले क्षती गरेको थियो। यो क्...
नहरमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

नहरमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

इनरुवा, २७ असोज । सुनसरी इटहरी उपमहानगरपालिका– १३ खनारस्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् । सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउमा खेल्ने क्रममा स्थानीय चार वर्षीय समिर मिया र तीन वर्षीया रिया खातुन नहरमा खसेका थिए । समिरको केही छिनपछि शव फेला परेको थियो भने रिया साँझसम्म फेला नपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । रि...
मोटरसाईकल दुर्घटनामा सांसद घाइते

मोटरसाईकल दुर्घटनामा सांसद घाइते

उदयपुर, २७ असोेज । उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार बेलुकी दुई मोटरसाईकल एकआपसमा जुझ्दा प्रदेश सांसद र अर्का एक व्यक्ति घाईते भएकाछन् । गाईघाटस्थित त्रियुगा नगरपालिका ११ तरकारी बजार नजिक दुई मोटरसाईकल एकआपसमा जुझ्दा उदयपुर क्षेत्रनं २ को प्रदेशनं १ का सांसद नारायणबहादुर बुर्जा मगर घाईते भएका हुन् । सांसद मगर चढेको स.४.प. ४९१६ नम्बरको र विपरीत दिसाबाट आउँदै गरेको बा.४२.प. ७८६ नम्बरको मोटरसाई...
भोजपुरमा रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

भोजपुरमा रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

भोजपुर, २७ असोज। पूर्वी पहाडमा रुद्राक्षको चर्चा निकै हुने गर्छ। यसको कारोबार, महत्व र आम्दानीकै कारण रुद्राक्षको दानाले ख्याति कमाएको हो। कतिपय जिल्लाका गाउँवस्ती यसका लागि प्रख्यात छन्। किसानको जीवनस्तर उकास्ने रुद्राक्षको मोल र महत्व बढेसँगै यसलाई जोगाउन निकै चुनौती थपिएको छ। किसानले पनि जोगाउने नयाँ नयाँ उपायसँगै प्रविधिको समेत उपयोग गर्न सुरु गरेका छन्। भोजपुरको उत्तरी भेगको प्रमुख आम्दानी...
विराटनगरमा मिठाइदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिदै

विराटनगरमा मिठाइदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिदै

मोरङ, २६ असोज । चाडपर्व भित्रिएसंगै विराटनगरमा मिठाइदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिने गरेका छन् । ठगिनेक्रम बढेसंगै महानगरपालिकाले बजार अनुगमनमा सक्रियता बढाएको छ । महानगरका कतिपय पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको साथै खरिद मुल्यभन्दा अत्याधिक मुल्यबृद्धि गरी बेचबिखन गर्ने गरेको भेटिएको छ । बेलाबेलामा छड्के अनुगमन गर्दै आएको महानगरले चाडवाडका बेला अझ उपभोक्ता ठगिने गरेको ...
मोरङका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ, २६ असोज । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को १ २ प ९६८२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई र प...
सत्तरी गाउँपालिकालाई एम्बुलेन्स

सत्तरी गाउँपालिकालाई एम्बुलेन्स

धरान, २६ असोज । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रमअन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ । विपद्, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने उद्देश्यले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ती गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएको हो । सो मन्त्राल...
धनकुटामा ६३ औँ प्रहरी दिवस मनाईयो

धनकुटामा ६३ औँ प्रहरी दिवस मनाईयो

धनकुटा, २५ असोज । नेपाल प्रहरीले बिहिवार विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ। यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रहरीको भवन निर्माणका लागि जग्गादान गर्नेलाई सम्मान तथा प्रहरी दिवसमा प्रहरी बीच भएका विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रम...
तीनजुरे पाथीभरा डाँडामा सीमा विवादले भ्यूटावर निर्माण अलपत्र

तीनजुरे पाथीभरा डाँडामा सीमा विवादले भ्यूटावर निर्माण अलपत्र

तेह्रथुम, २५ असोज । तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो । सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प भएपछि कामको जिम्मा लिएको सरोज निर्माण सेवाले निर्माणका सामग्रीसमेत ...
काँकरभिट्टाबाट हतियार र लागूऔषधसहित दुई पक्राउ

काँकरभिट्टाबाट हतियार र लागूऔषधसहित दुई पक्राउ

बनियानी, झापा, २५ असोज । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए । “भारतीय डब्यूबी १७४२७००१ नं को बोलेरो गाडीमा ज...
सुपरमाई हाइड्रोको परीक्षण उत्पादन शुरु

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन शुरु

फिक्कल, २५ असोज । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलाबाट सञ्चालित आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना ...
नोबेलद्वारा लगातार चार दिन निःशुल्क शिविर: मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

नोबेलद्वारा लगातार चार दिन निःशुल्क शिविर: मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

विराटनगर, २४ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बिरामीको निःशुल्क उपचार गरिएको हो । गत आईतवार कानेपोखरी गाउँपालिका–५ रमाईलोमा भएको शिविरमा ५ सय ६...
विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ हुने

विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ हुने

मोरङ, २४ असोज । विराटनगर र मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा पुन ‘विराट ट्रेड एक्स्पो २०७५’ हुने भएको छ । मोरङ व्यापार संघले विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आउँदो पौष ६ देखि १४ गतेसम्म विराट ट्रेड एक्स्पो गर्ने जनाएको छ । यसपटकको एक्स्पोमा स्वदेशी मात्र नभएर विदेशको समेत स्टलहरू रहने जनाइएको छ । भारत, श्रीलंका र स्वेदशको गरि २ सय ७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जा...
धनकुटा कांग्रेसले जागरण अभियान थाल्ने

धनकुटा कांग्रेसले जागरण अभियान थाल्ने

धनकुटा, २४ असोज । नेपाली कांग्रेसलाई सशक्त र क्रियाशिल बनाउन पार्टिले जागरण अभियान संचालन गर्ने भएको छ । उक्त जानकारी धनकुटाको छथरजोरपाटी को सिधुवामा आयोजित कार्यक्रममा दिइएको हो । बडादशैं, दिपावली, नेपाल सम्वत तथा छठ लगायत सम्पूर्ण चाड पर्वको अवसरमा वुधवार सिधुवामा कांग्रेस छथरजोरपाटी गाउँ कार्य समितिले शुभकामना कार्यक्रम सहित क्रियाशिल सदस्यताको प्रमाण वितरण कार्यक्रम समेत आयोजना गरेको छ । क...
मापसे गर्ने चालकको पुनः परिक्षा लिंदै मोरङ प्रहरी, फेल भए कारवाही

मापसे गर्ने चालकको पुनः परिक्षा लिंदै मोरङ प्रहरी, फेल भए कारवाही

मोरङ, २४ असोज । अधिकांस दुर्घटनामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएपछि प्रहरीले कडाई गरेको छ । दुर्घटना न्युनिकरण र सवारी चालकमा सचेतना फैलाउने उद्देश्यले मोरङ प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लिखित परिक्षा लिन शुरु गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्ने क्रममा मापसे गरी सवारी साधन चलाउने मोटरसाईकल ७४, ट्रक २, ट्याक्टर ४, टेम्पो ५ ...
कृषिका माध्यमबाट प्रदेश नं. १ लाई समृद्ध बनाउने योजनाः मुख्यमन्त्री राई

कृषिका माध्यमबाट प्रदेश नं. १ लाई समृद्ध बनाउने योजनाः मुख्यमन्त्री राई

इटहरी, २४ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जैविक कृषि उत्पादनमा जोड दिनुपर्ने बताउएका छन् । समावेशी नेपाल प्राइभेट लिमिटेडले सुनसरीको इटहरी उपमहानगरपालिकामा पहिलो पटक स्थापना गरेको तरकारीजन्य डिपार्टमेन्ट स्टोरको आज उद्घाटनगर्दै उनले कृषिका माध्यमबाट प्रदेश नं. १ लाई समृद्ध बनाउने योजना प्रदेश सरकारको छ भने । मुख्यमन्त्री राईले हिमाल, पहाड र तराईका विभिन्न जिल्लाका किसानलाई सङ्ग...
प्रदेश योजना आयोग गठन गरिने

प्रदेश योजना आयोग गठन गरिने

विरानगर, २४ असोज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा आज आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा उनले प्रदेश सरकारले यस सम्बन्धमा विज्ञसँग छलफल गरेको र आद्यवधिक विकास योजना सम्बन्धी बैठकको निर्णय केही दिनमा सार्वजनिक ...
सामूहिक दशैँघर–विधिपूर्वक जमरा पूजा

सामूहिक दशैँघर–विधिपूर्वक जमरा पूजा

इटहरी, २४ असोज । विगत बीस वर्ष अघिदेखि इटहरीमा सार्वजनिक दशैँघर स्थापना गरेर सार्वजनिक रुपमा जमरा राख्दै आएका इटहरीवासीले यो वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर दशैँघरमा जमरा राखेका छन् । इटहरी उपमहानगरपालिकामा लामो समयदेखि विशेष ढङ्गले सतसङ्ग मन्दिरसँगको सहकार्यमा दशैँ बढाइँसमेत गर्दै आएका इटहरीवासीले यो वर्ष झनै व्यवस्थित ढङ्गले दशैँको जमरा राख्ने कार्यदेखि दशैँघरलाई भव्यरुपमा स्थापना गरिएको अध्...
धनकुटामा गौचनको पहिलो स्मृति दिवस

धनकुटामा गौचनको पहिलो स्मृति दिवस

धनकुटा, २४ असोज । निर्माण व्यवसायी शरदकुमार गौचनको पहिलो स्मृति दिवसका अवसरमा निर्माण व्यवसायी संघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । गौचनको गत वर्ष  घरबाट कार्यालय जाने क्रममा गोलि हानी हत्या भएको थियो । संघका जिल्ला अध्यक्ष भवानी शंकर चाम्लीङको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य यज्ञप्रसाद खतिवडा, धनकुटाका निर्माण व्यवसायी अर्जुन केसी, यज्ञ राईले शोक मन...
धनकुटाका दुई विद्यालयले पाए उत्कृष्ट बाल क्लव पुरस्कार

धनकुटाका दुई विद्यालयले पाए उत्कृष्ट बाल क्लव पुरस्कार

धनकुटा, २४ असोज । धनकुटाको त्रिवेणी मावि र श्रीमान टंक माविका बाल क्लव धनकुटा नगरपालिकाका उत्कृष्ट बाल क्लवबाट पुरस्कृत भएका छन्। सामुदायिक विकास मञ्च ईलाम र धनकुटाले नगरका ५ विद्यालयमा आयोजना गरेको बाल अधिकार तथा शान्ति शिक्षा परियोजना अन्तर्गत उक्त क्लव उत्कृष्ट भएका हुन। २०७२ सालबाट सञ्चालन भएको यस परियोजनाबाट त्रिवेणी माविका त्रिवेणी बाल क्लव र टंक माविका मधुगंगा बाल क्लव पुरस्कृत भएको जनाई...
धनकुटाको कुरुलेतेनुपामा बृद्धाको शव फेला

धनकुटाको कुरुलेतेनुपामा बृद्धाको शव फेला

धनकुटा, २४ असोज । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपामा आज बिहान एक वृद्धाको शव फेला परेको छ । कुलोमा घोप्टो परेको अवस्थामा स्थानीय ६५ वर्षिया बुद्धरानी याख्खाको शव फेला परेको प्रहरीले जनाएको छ । छोरा मंगलप्रसादको घर गएर फर्कदै गर्दा उनका देवर गंगाप्रसादले शव फेला पारेका हुन् । बुद्धरानीलाई मृत अवस्थामा भेटेपछि गंगाप्रसादले प्रहरीलाई खबर गरेका थिए । प्रहरी परिचालन गरि घटनाको बिषयमा अनुस...
पिप्लेमा पहिलो पटक बस पुग्यो

पिप्लेमा पहिलो पटक बस पुग्यो

तेह्रथुम, २४ असोज । म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो । म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता आधारभूत विद्यालयसम्म दैनिक बस सेवा शुरु भएको वडाध्यक्ष रामबहादुर खड्काले बताए । मङ्गलबार पिप्लेमा पहिलो पटक बस पुगेको हो । दैनिक बेलुका ४ बजे बसपार्कबाट र बिहान ७ बजे पिप्लेबाट बस छुट्ने तेह्रथुम बस काउन्टरका प्रम...
प्रदेशको नाम र स्थायी राजधानीबारे छलफलै नभई अधिवेशन अन्त्य हुँदै

प्रदेशको नाम र स्थायी राजधानीबारे छलफलै नभई अधिवेशन अन्त्य हुँदै

विराटनगर, २३ असोज । प्रदेशको नाम र स्थायी राजधानीबारे औपचारिक छलफलै सुरु नभई प्रदेश सभा १ को वर्षे अधिवेशन अन्त्य हुने भएको छ । मंगलबार दिउँसो बस्ने बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ । प्रदेश सभाका प्रवक्ता सहसचिव लोकप्रसाद भण्डारीका अनुसार हिउँदे अधिवेशन पुसमा मात्र आह्वान हुनेछ । प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभाको दुईतिहाइ बहुमतबाट टुंग्याउ...
मोरङमा लागूऔषध सहित १ पक्राउ

मोरङमा लागूऔषध सहित १ पक्राउ

मोरङ, २२ आश्विन । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित कानेपोखरी चौकबाट प्रहरीले आइतबार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । दिउँसो करिब पौने ४ बजे अस्थाइ प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले कानेपोखरी-४ बस्ने बर्ष २३ को प्रकाश धिमाललाई लागूऔषध सहित पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका धिमाललाई चेकजाँच गर्ने क्रममा नाइट्राभेट-१४९ ट्याब्लेट, डाइजेपाम-१ एम्पुल, फेनारगन-१ एम्पुल...
विराटनगर महानगरपालिकाले चार महिनादेखि तलब नदिएपछि शिक्षकको धर्ना

विराटनगर महानगरपालिकाले चार महिनादेखि तलब नदिएपछि शिक्षकको धर्ना

मोरङ, २२ असोज । विराटनगर महानगरपालिका क्षेत्रभित्र काजमा खटाईएका शिक्षकले चार महिनादेखि तलव नदिएको भन्दै महानगर परिसरमा धर्ना दिएका छन् । नेपालीहरुको महान पर्व दशै तिहार तथा छड पर्वको मुखमा तलव नपाएको भन्दै सोमबार अस्थाई तथा काजका शिक्षकले धर्ना दिएका हुन् । गत असार महिनादेखिको काजमा खटिएका शिक्षकको लागी महानगरसंग तलवको माग गर्दै ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना दिनु परेक...
प्रदेश नं. १ का सांसदले लगाए लोगो

प्रदेश नं. १ का सांसदले लगाए लोगो

मोरङ, २२ असोज । प्रदेशसभा १ का सांसदलाई सोमवार लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले विशेष कार्यक्रम आयोजना गरी सदस्यलाई लोगो वितरण गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको शुभारम्भ गरेका थिए । सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए । सरकारका मन्त्री तथा प्रदेश सदस्यलाई सभामुख भण्डारीले लोगो वितरण गरे। भण्डा...
error: Content is protected !!