भोजपुर । भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् ।

Advertisement

शुक्रबार बिहान करिब ५ बजेतिर अन्दाजी ७/८ जनाको अज्ञात समुहले स्थानीय हिमाल तामाङ र नगरपालिकाका मेयर बीरबल राईले साझेदारीमा लगाएको करिब २ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी गरेर भागेको जनाईएको छ ।

जग्गाको सिमाना साझेदारीमा भएकाले दुबैजनाले लगाएको उक्त रुद्राक्षको बगानलाई एकवर्ष अघि षडानन्द नगरपालिका ३, खार्तम्छाका अगमसिं राईले ३ वर्षका लागि ३० लाख रुपैँयामा ठेक्कामा लिएका थिए ।

रुद्राक्ष बगानमा चारजना हेरालु राखेकाे भएपनि अज्ञात समुहले उनीहरुमाथि कुटपिट गरि रुद्राक्षका डाला काट्दै, भाँच्दै रुद्राक्ष लुटेर लगेको बगानका हेरालु साल्पासिलिछो गाउँपालिका दोभानेका ओमकार थुलुङले सुनाए ।

अज्ञात समुहले बगानको सबैभन्दा राम्रो मुखादार र फलेको रुद्राक्ष लुटेर लगेको अर्का हेरालु षडानन्द नगरपालिका ६, केउरेनीपानीका कुबेर राईले बताए ।

उनका अनुसार ती हतियारधारी अज्ञात समुहले प्रतिगोटा एक लाख रुपैँया पर्ने रुद्राक्षको बोटको हाँगा नै काटेर लुटेर लगेका छन् । रुद्राक्ष लुट्ने समुहले उनीहरुको साथमा रहेको बन्दुकको कुञ्जोले कुटपिट गरेको उनले बताए ।, अन्नपूर्ण पोष्ट दैनिकबाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!