संगालोखबर सम्वाददाता

धनकुटा, २४ असोज । धनकुटाको त्रिवेणी मावि र श्रीमान टंक माविका बाल क्लव धनकुटा नगरपालिकाका उत्कृष्ट बाल क्लवबाट पुरस्कृत भएका छन्।

Advertisement

सामुदायिक विकास मञ्च ईलाम र धनकुटाले नगरका ५ विद्यालयमा आयोजना गरेको बाल अधिकार तथा शान्ति शिक्षा परियोजना अन्तर्गत उक्त क्लव उत्कृष्ट भएका हुन। २०७२ सालबाट सञ्चालन भएको यस परियोजनाबाट त्रिवेणी माविका त्रिवेणी बाल क्लव र टंक माविका मधुगंगा बाल क्लव पुरस्कृत भएको जनाईएको छ ।

पुरस्कृत त्रिवेणी मावि बाल क्लवका अध्यक्ष कृति खड्का र मधुगंगा बाल क्लवका अध्यक्ष ममता मगरलाई कार्यक्रममा सम्मान–पत्र र ५ हजार रुपैँयाका दरले सम्मान गरिएको छ।

पुरस्कृत विद्यालय तथा विद्यार्थीलाई जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुहान र धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतले नगद तथा सम्मान प्रदान गरेका थिए। सामुदायिक विकास मञ्च धनकुटाका सचिव टिका राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक सावित्रा राईले परियोजनाका गतिविधि बारे जानकारी गराइन् ।

परियोजनाले धनकुटा नगरपालिकाका त्रिवेणी मावि, देउराली मावि, देउराली आधारभूत विद्यालय, टंक मावि भीरगाउँ र सल्लेरी आधारभूत विद्यालय कर्मिटारमा परियोजना सञ्चालन गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!