ईश्वर थापा/संगालोखबर

धनकुटा, २५ असोज । नेपाल प्रहरीले बिहिवार विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ। यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

कार्यक्रममा प्रहरीको भवन निर्माणका लागि जग्गादान गर्नेलाई सम्मान तथा प्रहरी दिवसमा प्रहरी बीच भएका विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य निरन राई, ईन्द्रमणी पराजुली, लीला सुब्बा, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की लगायत स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधी सहभागी थिए।

कार्यक्रमका वक्ताहरुले शान्ति सुरक्षा कायम गरि देशलाई समृद्धिको बाटोमा लैजाने पहिलो आधार प्रहरी रहेको धारणा राखे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!