देबराज राई/संगालोखबर

उदयपुर, २७ असोेज । उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार बेलुकी दुई मोटरसाईकल एकआपसमा जुझ्दा प्रदेश सांसद र अर्का एक व्यक्ति घाईते भएकाछन् ।

Advertisement

गाईघाटस्थित त्रियुगा नगरपालिका ११ तरकारी बजार नजिक दुई मोटरसाईकल एकआपसमा जुझ्दा उदयपुर क्षेत्रनं २ को प्रदेशनं १ का सांसद नारायणबहादुर बुर्जा मगर घाईते भएका हुन् ।

सांसद मगर चढेको स.४.प. ४९१६ नम्बरको र विपरीत दिसाबाट आउँदै गरेको बा.४२.प. ७८६ नम्बरको मोटरसाईकल त्रिनपा ११ तरकारी बजारमा एकआपसमा जुधेका हुन् । दुर्घटनामा अर्का मोटरसाईकल चालक रौतामाई गाउँपालिका ४ पोखरीका मोहन राउत पनि घाईते भएको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

घाईते दुबैको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । सांसद मगरको दाहिने खुट्टको एउटा औला भाँचिएको छ भने हात, खुट्टा र अनुहारमा चोटपटक लागेको छ । त्यस्तै राउतको दाहिने खुट्टामा चोट लागेको उपचारमा सम्लग्न जिल्ला अस्पतालका मेडिकल अधिकृत ड. बिशालकुमार देवले जानकारी दिए ।

सांसद मगर आफै मोटरसाईकल चलाएर त्रिनपा १२ स्थित घर जाँदै थिए । अचानक अगाडी सिटी सवारी देखापरेपछि दुबै मोटरसाईकल एकआपसमा ठोक्किन पुगेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!