प्रेम देवान/संगालोखबर

मोरङ, २४ असोज । विराटनगर र मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा पुन ‘विराट ट्रेड एक्स्पो २०७५’ हुने भएको छ ।

Advertisement

मोरङ व्यापार संघले विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आउँदो पौष ६ देखि १४ गतेसम्म विराट ट्रेड एक्स्पो गर्ने जनाएको छ ।

यसपटकको एक्स्पोमा स्वदेशी मात्र नभएर विदेशको समेत स्टलहरू रहने जनाइएको छ । भारत, श्रीलंका र स्वेदशको गरि २ सय ७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिए ।

प्रत्येक वर्ष संचालन हुँदैे आएको एक्स्पोमा नेपाली तथा छिमेकी राष्ट्रहरूको लगानिकर्ता, उत्पादक, वितरक र निर्यातलाइ एकै ठाउँमा राखि प्रत्यक्ष रुपमा अवलोकन गराउने उद्देश्यले एक्स्पो गरिएको हो ।

९ दिनसम्म संचालन हुने एक्स्पोलाई चार भागमा विभाजन गरिएको कार्यक्रम संयोजक राठीले बताए । एक्स्पोमा अटोमोइवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निमार्ण समाग्री, अन्तराष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्य वस्तुको स्टल रहनेछ । त्यस्तै दैनिक मनोरञ्जन आत्मक कार्यक्रम समेत हुनेछ ।

एक्स्पोमा २० देखि २५ करोडको कारोबार हुने आयोजक समितिले अपेक्षा राखेको छ । करिब १ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!