प्रेम देवान/संगालोखबर

मोरङ, २७ असोज । ‘एक प्रयास समाज खुसीका लागी हाम्रो अभियान अग्रजलाई सम्मान’ भन्ने नाराका साथ विराटनगरका पूर्व खेलाडी बाढी पीडितको घर बनाउने अभियानमा जुटेका छन् । विगत बर्षको बाढीका कारण प्रभावितको लागि घर बनाउने अभियानका उनी जुटेका हुन्

Advertisement

बाढीले विराटनगरमा ठूलै क्षती पुर्याएको थियो । विराटनगर १ पोखरिया परोपकार घाटका लालबहादुर श्रेष्ठ र सुशिला श्रेष्ठ दम्पतीको पनि घर बाढीले क्षती गरेको थियो।

यो क्षेत्रका आसपासमा बसोवास गर्ने अधिकांशको घरमा क्षति पुर्यायो । श्रेष्ठ परिवारको पनि घरमा रहेका सबै बाढीले बगाएर लग्यो । आर्थिक अबस्था कमजोर यो दम्पतीलाई ठुलै बज्रपात पर्यो । पिडाका बिचमा देउता बनेर आए विराटनगरका पूर्व खेलाडी विक्रम कार्की (विक्की ) ।

यी दम्पतीका छोरा दिपक श्रेष्ठ पनि एक ताका फुटवलका गोल किपर थिए । तर छोरा उनका साथमा छैनन् । छोराको २०५६ सालमा नै निधन भईसकेको छ । आफूलाई पाल्ने छोरा नभएपछि दम्पत्ती सानो छाप्रोमा आफ्नो जीवन गुजारा गर्दै आएका थिए । अहिले दम्पत्ती रोगले ग्रस्त छन् ।

श्रीमान् मुटु रोगी छन् भने श्रीमती प्यारालाईसिसबाट ग्रस्त छिन् । श्रीमान् मुटु रोगी भएका कारण काम गर्न सक्दैनन् । श्रीमती प्यारालाइसिस भएका कारण हिडडुल गर्न सक्दिनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!