संगालोखबर
फायल तस्बीर

विराटनगर । भोजपुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भोजपुरको षडानन्द नगरपालिका–१ खोवाचाका ३० वर्षीय अमृत मंग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो घरनजिकै झाडीमा लगेर ललाइफकाई जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

Advertisement

सोही उजुरीका आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्र्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!