विराटनगर, २३ असोज । प्रदेशको नाम र स्थायी राजधानीबारे औपचारिक छलफलै सुरु नभई प्रदेश सभा १ को वर्षे अधिवेशन अन्त्य हुने भएको छ । मंगलबार दिउँसो बस्ने बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ ।

Advertisement

प्रदेश सभाका प्रवक्ता सहसचिव लोकप्रसाद भण्डारीका अनुसार हिउँदे अधिवेशन पुसमा मात्र आह्वान हुनेछ । प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभाको दुईतिहाइ बहुमतबाट टुंग्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश १ सभाको पहिलो बैठक २२ माघ ०७४ मा बसेको थियो । २९ माघमा सभामुख र ३ फागुनमा उपसभामुखको चयन भएको थियो । सभाको पहिलो अधिवेशन २६ वैशाखमा अन्त्य भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!