संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा, २४ असोज । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपामा आज बिहान एक वृद्धाको शव फेला परेको छ ।

कुलोमा घोप्टो परेको अवस्थामा स्थानीय ६५ वर्षिया बुद्धरानी याख्खाको शव फेला परेको प्रहरीले जनाएको छ । छोरा मंगलप्रसादको घर गएर फर्कदै गर्दा उनका देवर गंगाप्रसादले शव फेला पारेका हुन् ।

Advertisement

बुद्धरानीलाई मृत अवस्थामा भेटेपछि गंगाप्रसादले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी परिचालन गरि घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुृर गुरुङले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!