संगालोखबर


विराटनगर । विवाह गर्ने प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाकी एक बालिकालाई सदरमुकाम खाँदबारीस्थित एक होटलमा लगेर यौन दुर्व्यवहार गरेपछि फरार रहेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–२ स्थायी घर भएका ३७ वर्षीय हिमाल भनिने अभिमानसिं आले रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement

उनीहरुबीच सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भइ फोनमा कुराकानी समेत भएको पाइएको प्रहरीको भनाइ छ । त्यस क्रममा बालिकालाई बिहे गर्ने प्रलोभन दिएको पाइएको प्रहरी निरीक्षक अशोककुमार जबेगुले संगालोखबरलाई जानकारी दिए ।

प्रहरीका अनुसार घटनापछि आफ्नो फेसबुक एकाउन्ट निस्क्रिय पारेर उनी बेपत्ता भएका थिए । पीडित बालिका र परिवार प्रहरीको सम्पर्कमा आएपछि अनुसन्धानका क्रममा आरोपीको पहिचान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगासँग समन्वय गरी गत वैशाख २२ गते बेलुका सिद्धिचरण नगरपालिका–११ मा पर्ने रमाइलो डाँडाबाट आलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जबेगुले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!