विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ हुने
मोरङ, २४ असोज । विराटनगर र मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा पुन ‘विराट ट्रेड एक्स्पो २०७५’ हुने भएको छ ।
मोरङ व्यापार संघले विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आउँदो पौष ६ देखि १४ गतेसम्म विराट ट्रेड एक्स्पो गर्ने जनाएको छ ।
यसपटकको एक्स्पोमा स्वदेशी मात्र नभएर विदेशको समेत स्टलहरू रहने जनाइएको छ । भारत, श्रीलंका र स्वेदशको गरि २ सय ७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जा...





























