संगालोखबर सम्वाददाता

मोरङ, २२ आश्विन । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित कानेपोखरी चौकबाट प्रहरीले आइतबार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । दिउँसो करिब पौने ४ बजे अस्थाइ प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले कानेपोखरी-४ बस्ने बर्ष २३ को प्रकाश धिमाललाई लागूऔषध सहित पक्राउ गरेको हो ।

Advertisement

शंकास्पद अवस्थामा हिडिरहेका धिमाललाई चेकजाँच गर्ने क्रममा नाइट्राभेट-१४९ ट्याब्लेट, डाइजेपाम-१ एम्पुल, फेनारगन-१ एम्पुल, लुपिजेसिक-१ एम्पुल,प्रयोग गरेको सिरिन्ज २ थान र नयाँ सिरिन्ज २ थान फेला पारी बरामद गरिएको हो । बरामद लागूऔषध सहित धिमाललाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

आगलागीबाट ४ लाख बराबरको क्षति

मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ देवीगञ्ज बस्ने निरज राईको घरमा आईतवार आगलागी हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ । राती ११ बजेको समयमा गोठमा खोले पकाउनको लागि चुल्होमा बालेको आगो अचानक सल्किएर आगलागी भएको थियो । आगलागीबाट गोठमा बाँधेको एउटा वाछीको जलेर मृत्यु भएको छ भने एउटा गाई, वाछी र खसि जलेर घाइते भएका छन् ।

त्यसैगरी गोठमा भएको ३० किबी सखुवा चिरान काठ, ३० मन मकै लगायत भाडावर्तन जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी सुन्दर-हरैचा नगरपालिका र दमक नगरपालिकाबाट आएको २ वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!