इटहरी, २४ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जैविक कृषि उत्पादनमा जोड दिनुपर्ने बताउएका छन् ।

Advertisement

समावेशी नेपाल प्राइभेट लिमिटेडले सुनसरीको इटहरी उपमहानगरपालिकामा पहिलो पटक स्थापना गरेको तरकारीजन्य डिपार्टमेन्ट स्टोरको आज उद्घाटनगर्दै उनले कृषिका माध्यमबाट प्रदेश नं. १ लाई समृद्ध बनाउने योजना प्रदेश सरकारको छ भने ।

मुख्यमन्त्री राईले हिमाल, पहाड र तराईका विभिन्न जिल्लाका किसानलाई सङ्गठित गरेर जैविक तरकारी उत्पादनसँगै शुपथ मूल्यमा उपभोक्ताले खरिद गर्ने व्यवस्थापनसहित पहिलो पटक तरकारीको डिपार्टमेन्ट स्टोर खोलेर देखाएको साहसिक कार्यप्रति सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे।

समावेशी नेपाल प्रालिका अध्यक्ष सुरेशकुमार भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
रु तीन करोडको लगानीमा स्थापना भएको उक्त डिपार्टमेन्ट स्टोरमा तरकारी, दूधजन्य पदार्थ, माछा मासु लगायत शपथ मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!