संगालोखबर सम्वाददाता

धनकुटा, २४ असोज । नेपाली कांग्रेसलाई सशक्त र क्रियाशिल बनाउन पार्टिले जागरण अभियान संचालन गर्ने भएको छ । उक्त जानकारी धनकुटाको छथरजोरपाटी को सिधुवामा आयोजित कार्यक्रममा दिइएको हो ।

Advertisement

बडादशैं, दिपावली, नेपाल सम्वत तथा छठ लगायत सम्पूर्ण चाड पर्वको अवसरमा वुधवार सिधुवामा कांग्रेस छथरजोरपाटी गाउँ कार्य समितिले शुभकामना कार्यक्रम सहित क्रियाशिल सदस्यताको प्रमाण वितरण कार्यक्रम समेत आयोजना गरेको छ ।

कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलले पार्टिले जिल्लाभर प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गर्दै जनतालाई राहत दिई स्थानीय सरकारका काममा खबरदारी गर्ने बताए ।

छथरजोरपाटी गाउँ कार्य समितिका संयोजक छत्र सुब्बाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, जिल्ला सदस्य कमठ फागो, लेखनाथ पौडेल, विष्णु पौडेल, इन्दिरा थापा, शिक्षक संघका जिल्ला अध्यक्ष थिरेन्द्र बहादुर लिम्बु लगायतले जनतालाई केन्द्रविन्दु बनाई नयाँ ढंगले पार्टीलाई क्रियासिल बनाउन जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!