प्रेम देवान/संगालोखबर

मोरङ, २२ असोज । विराटनगर महानगरपालिका क्षेत्रभित्र काजमा खटाईएका शिक्षकले चार महिनादेखि तलव नदिएको भन्दै महानगर परिसरमा धर्ना दिएका छन् ।

Advertisement

नेपालीहरुको महान पर्व दशै तिहार तथा छड पर्वको मुखमा तलव नपाएको भन्दै सोमबार अस्थाई तथा काजका शिक्षकले धर्ना दिएका हुन् । गत असार महिनादेखिको काजमा खटिएका शिक्षकको लागी महानगरसंग तलवको माग गर्दै ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना दिनु परेको नेपाल शिक्षक महासंघका अध्यक्ष बेदुकुमार खतिवडाले बताए ।

चाडपर्वको मुखमा आएर शिक्षकको तलव दिन आनाकानी गरेपछि महानगरभित्र रहेका दुई दर्जन बढी शिक्षकले महानगरमा धर्ना दिएका छन् । यदि धर्नाबाट पनि कुनै सुनवाई नभए थप आन्दोलन गरिने खतिवडाले बताए ।

शिक्षक पोशाक, भत्ता तथा तलव नपाएको उनीहरुको गुनासो छ । दशै अगावै तलब भत्ताको व्यवस्था गर्न माग गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!