ईश्वर थापा/संगालोखबर

धनकुटा, २४ असोज । निर्माण व्यवसायी शरदकुमार गौचनको पहिलो स्मृति दिवसका अवसरमा निर्माण व्यवसायी संघले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

Advertisement

गौचनको गत वर्ष  घरबाट कार्यालय जाने क्रममा गोलि हानी हत्या भएको थियो । संघका जिल्ला अध्यक्ष भवानी शंकर चाम्लीङको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य यज्ञप्रसाद खतिवडा, धनकुटाका निर्माण व्यवसायी अर्जुन केसी, यज्ञ राईले शोक मन्तव्य राखेका थिए ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा तथा ११औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित यज्ञप्रसाद खतिवडालाई बधाई ज्ञापन समेत गरिएको थियो ।

सो अवसरमा निर्माण व्यवसायीले ५ करोडसम्मका टेन्डर जिल्लाका निर्माण व्यवसायीले मात्र आवेदन गर्न पाउनुपर्ने, १५ करोडसम्म प्रदेश भरिका निर्माण व्यवसायीले आवेदन दिन पाउनुपर्ने र १५ करोड माथिका टेन्डरमा देश भरिका निर्माण व्यवसायीले आवेदन दिन पाउनुपर्ने माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!