प्रेम देवान/संगालोखबर

मोरङ, २४ असोज । अधिकांस दुर्घटनामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएपछि प्रहरीले कडाई गरेको छ । दुर्घटना न्युनिकरण र सवारी चालकमा सचेतना फैलाउने उद्देश्यले मोरङ प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लिखित परिक्षा लिन शुरु गरेको छ ।

Advertisement

प्रहरीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्ने क्रममा मापसे गरी सवारी साधन चलाउने मोटरसाईकल ७४, ट्रक २, ट्याक्टर ४, टेम्पो ५ र सिटिसफारी ३ गरी जम्मा ८८ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।

यसरी पक्राउ परेका चालकलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिई परिक्षाको लागि प्रहरी कार्यालयमा पठाएको छ । जसमध्ये ३० जना सवारी चालक लिखित परिक्षामा सहभागी भएको प्रहरीले जनाएको छ ।

ट्राफिक नियमसंग सम्बन्धित विभिन्न ८० वटा प्रश्न सोधिएकोमा १५ जना उत्तिर्ण भएका छन् भने अन्य अनुतिर्ण भएका छन् । अनुतिर्ण चालकलाई पुनः परिक्षामा सामेल गराई ट्राफिक नियम सम्बन्धी जानकारी दिएर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्वाहीको लागि पठाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!