प्रेम देवान/संगालोखबर

मोरङ, २६ असोज । चाडपर्व भित्रिएसंगै विराटनगरमा मिठाइदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिने गरेका छन् । ठगिनेक्रम बढेसंगै महानगरपालिकाले बजार अनुगमनमा सक्रियता बढाएको छ ।

Advertisement

महानगरका कतिपय पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको साथै खरिद मुल्यभन्दा अत्याधिक मुल्यबृद्धि गरी बेचबिखन गर्ने गरेको भेटिएको छ ।

बेलाबेलामा छड्के अनुगमन गर्दै आएको महानगरले चाडवाडका बेला अझ उपभोक्ता ठगिने गरेको गुनासो आएसंगै दैनिक अनुगमन गर्न थालेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् ।

विहिवार र शुक्रबार दुइदिनमा विभिन्न स्थानका फरक पसलहरुमा गरिएको अनुगमनका क्रममा उपभोक्ताहरु धेरै ठगिने गरेको पाइयो । उपमेयर कार्कीले भनिन्, मिठाइपसल देखी ,जुत्तापसल सम्म उपभोक्ता ठगिइरहेका छन् । यसका लागि महानगरले सवै ब्यवसाय,फर्ममा समेत स्वच्छरुपमा अनुगमन गर्ने उपमेयर कार्कीले बताईन् ।

महानगरले विकानेर स्विट होम,पंकज किराना स्टोर,बैद्यनाथ आयुर्वेदिक औशधी, श्याम सुन्दर ट्रेडर्समा म्याद नाघेका र खानअयोग्य सामान भेटिएको थियो यस्तै जुत्तापसल भानुदय ट्रेडर्स र दिनेश इम्पोरियम लुगापसलमा भने खरिदमूल्य भन्दा तेब्बर मुल्यभन्दा बढी र कतिपयमा स्टिकर टाँसी अत्याधिक मुल्यमा सामान बिक्रि गरिएको भेटिएको छ ।

महानगरले विभिन्न सूचक तय गरेर बजारको अनुगमन गरिरहेको प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहालले भने । कतिपय स्थानमा उपभोक्ता ठग्ने मनसाय पाइएकाले नियमित कार्बाही गरिने दाहालको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!