भोजपुर, २७ असोज। पूर्वी पहाडमा रुद्राक्षको चर्चा निकै हुने गर्छ। यसको कारोबार, महत्व र आम्दानीकै कारण रुद्राक्षको दानाले ख्याति कमाएको हो। कतिपय जिल्लाका गाउँवस्ती यसका लागि प्रख्यात छन्। किसानको जीवनस्तर उकास्ने रुद्राक्षको मोल र महत्व बढेसँगै यसलाई जोगाउन निकै चुनौती थपिएको छ।

Advertisement

किसानले पनि जोगाउने नयाँ नयाँ उपायसँगै प्रविधिको समेत उपयोग गर्न सुरु गरेका छन्। भोजपुरको उत्तरी भेगको प्रमुख आम्दानी स्रोत वनको रुद्राक्ष खेतीमा चोरी र जथाभावी क्षति पुर्‍याउने कार्यले बगान कुर्नुपर्ने बाध्यता बढेको छ।हिजोआज किसानहरू सीसी क्यामराबाट बगानको रेखदेख र निगरानी गर्न थालेका छन्। आजको अन्नपूर्ण पोष्टमा यो खबर छ।

षडानन्द नगरपालिका क्षेत्र आसपास रातिमा जथाभावी क्षति पुर्‍याउने र चोरी बढ्न थालेपछि कृषकले घर र बगान वरिपरि सीसी क्यामेरा प्रयोग गरी रुद्राक्षको निगरानी गर्न थालेका हुन्। गत वैशाखबाट स्थानीय दिङ्ला आसपास करिब ४५ घरका किसानले नयाँ प्रविधिबाट रुद्राक्षको रेखदेख गर्न थालेका हुन्।

सीसी क्यामेराको प्रयोग गरिएपछि रुद्राक्षको बगानमा हुने अनैतिक क्रियाकलाप पनि कम भएको स्थानीय कृषक सुनाउँछन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!