प्रेम देवान/संगालोखबर

मोरङ, २२ असोज । प्रदेशसभा १ का सांसदलाई सोमवार लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले विशेष कार्यक्रम आयोजना गरी सदस्यलाई लोगो वितरण गरेको हो ।

Advertisement

सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको शुभारम्भ गरेका थिए । सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए । सरकारका मन्त्री तथा प्रदेश सदस्यलाई सभामुख भण्डारीले लोगो वितरण गरे।

भण्डारीले कार्य व्यवस्था परामर्श समितिले पार गरेको लोगो प्रयोगमा ल्याइएको जानकारी दिए । प्रदेश सदस्यका लागि यसअघि नै खैरो रंगको कोट पोशाकको हकमा अनिवार्य गरिएको छ । यो लोगो सुनसरी इटहरीका कलाकार विक्रम श्रीले कला भरेका हुन् ।

प्रदेश सभा सचिवालयले सार्वजनिक सुचना प्रकाशित गरी लोगोको नमुना माग गरेको थियो । प्रदेशसभा सचिवालयमा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए । जसमध्ये कलाकार श्रीले तयार पारेको लोगोलाई मान्यता दिइएको थियो ।

प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगोमा महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लालीगुराँसको थुङ्गा माथि धानका बालाले घेरिएको छ । लोगोमा सगरमाथा,कोसी, लालिगुरास, दुई तिरबाट झुलेको धानको बाला, क्रस खुकुरी, महिला र पुरुषको सांकेतिक हात राखिएको छ ।

प्रदेश सभामा ९३ जना प्रदेश सभा सदस्य छन् । प्रदेश सरकार गएको ३ फागुनमा गठन भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!