संगालोखबर सम्वाददाता


काठमाडौं ।  वीरगञ्जका एक युवामा आईतबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । पीसीआर परीक्षणका क्रममा उनमा कोरोनाको संक्रमण देखिएको हो ।

Advertisement

उनी स्वयंले पीसीआर परीक्षण गराईदिन आग्रह गरेपछि परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।

Update News…

एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!