वीरगञ्ज । बिरगञ्जका चार पत्रकारमा पनि कोरोना संक्रमण भएको पाईएको छ । पर्सामा मंगलबार भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये चार जना पत्रकार पनि संक्रमित भएको पाईएको हो ।
संक्रमितमध्ये चार जना पत्रकार रहेको नारायणी अस्पतालले पुष्टि गरेको छ । नेपालमा पत्रकारमा भेटिएको यो पहिलो संक्रमण हो । यसअघि नेपालका कुनैपनि पत्रकारमा संक्रमण देखिएको थिएन ।
चार पत्रकारसहित मंगलबार एकैदिन नेपालमा ५७ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १९ पुगेको छ ।