काठमाडौं । मंगलबार मध्यराती भूकम्पको धक्का महसुस भएको छ । राती ११ः५३ बजे दोलखालाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौंसहित मुलुकका बिभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउँन वाँकी छ ।