संगालोखबर सम्वाददाता


काठमाडौं । मंगलबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । मंगलबार दिउँसो ५७ जना र साँझ २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एकैदिन ८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

Advertisement

अधिकारीका अनुसार पर्साका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना, काठमाण्डौंका १ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको हो ।

एकैदिन यत्ति ठूलो संख्यामा संक्रमित फेला परेको पहिलो पटक हो । यसअघि सोमबार एकैदिन २४ जनामा संक्रमण देखिएको थियो । पछिल्लो केहि दिन यता संक्रमित थपिने क्रम तीव्र रुपमा बढ्न थालेको छ ।

यो पनि पढ्नुहोस्…

नेपालमा कोरोना फैलने क्रम तीब्र, एकै दिन थपिए ८३ संक्रमित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!