बिराटनगर । शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देही र वाँकेका एक/एक जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रुपन्देहीका २५ बर्षीय र नेपालगंज वाँकेका ६० बर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।