बिराटनगर । सप्तरीका एक युवकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ बर्षीय युवकमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ । सोमबार बिहान मात्रै कपिलबस्तुका १० जनामा संक्रमण पुष्टि भएको थियो ।