काठमाडौं । नेपालगञ्जमा आईतवार थप छ जनामा कोरोना संक्रमण भेटिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षका क्रममा नेपालगञ्जका तीन पुरुष र तीन महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालगञ्ज ८ का १६, २१ र ३४ बर्षीय पुरुष र ४०, ५५ र ६० बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । आईतबार दिउँसो नेपालगञ्जमा नौ जनामा कोरोना संक्रमण भेटिएको थियो । नेपालगञ्जमा एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आईतबार एकै दिन नेपालगञ्जमा १५ र बिरगञ्जमा एक जना कोरोना संक्रमित थपिदा नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ ।