संगालोखबर सम्वाददाता

काठमाडौं । मंगलबार एकै दिन ८३ जना कोरोना संक्रमित थपिएका छन् । दिउँसो ५७ जना र साँझ २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अब नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

Advertisement

मंगलबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका हुन् । यसअघि सोमबार २४ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्टै संक्रमितको संख्या ह्वात्तै बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राती १०ः१५ बजे गरेको अध्यावधिक विवरण अनुसार ६ जिल्लाका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पर्साका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना, काठमाण्डौंका १ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको हो । यसअघि दिउँसो पर्साका ३९, रुपन्देहीका ९, कपिलबस्तुका ८ र बाराका १ जनामा संक्रमण भेटिएको थियो । पर्सामा मंगलबार एकै दिन सबैभन्दा धेरै ५७ जनामा कोराना पुष्टि भएको छ ।

पछिल्लो केहि दिन यता नेपालमा कोरोना संक्रमित थपिने क्रम तीव्र रुपमा बढ्न थालेको छ । सुरुवाती चरणमा एकै दिन एक, दुई जनामा मात्र कोरोना संक्रमण देखिदै आएको थियो । संक्रमित थपिने क्रम सामान्य थियो । तर, अहिले एक दिनमै दर्जनौंको संख्यामा संक्रमित थपिन थालेका छन् ।

यो पनि पढ्नुहोस्…

कोरोना संक्रमितको संख्या २१७ पुग्यो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!