वीरगञ्ज । बुधबार तीन जना कोरोना संक्रमित थपिएका छन् । भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका तीन जनामा संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् ।