संगालोखबर सम्वाददाता

सिराहा । राहत वितरणका बिषयमा आज सिरहाको मिर्चैयामा प्रहरी र स्थानीवासीबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।

Advertisement

मिर्चैया नगरपालिका–७ मा राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको बिषयमा उत्पन्न विवादका क्रममा झडप हुँदा पाँच प्रहरी र चार जना स्थानीयबासी घाइते भएका हुन् ।

सो स्थानमा तीन दिन यता राहत वितरण गरिँदै आएको छ । सोमबार राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण बिथोल्न खोजेपछि रोक्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप भएको प्रहरीले जनाएको छ ।

स्थित नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायरसमेत गरेको सिराहा प्रहरीका प्रवक्ता डीएस्पी बिनोद घिमिरेले जानकारी दिए । उनका अनुसार राहत वितरण बिथोल्न खोज्नेहरुले ढुँगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाई फायर गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!