संगालोखबर सम्वाददाता


काठमाडौं । सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबारनै कपिलबस्तुमा १० र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एकैदिन २४ जनामा संक्रमण पुष्टि हुँदा नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । जसमध्ये ३३ जना निको भएर घर फर्किएका छन् ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!