काठमाडौ । मंगलबार एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलबस्तु, रुपन्देही, पर्सा र बाराका ५७ जना पुरुषमा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्साका ३९ जना, रुपन्देहीका ९ जना, कपिलबस्तुका ८ जना र बाराका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् । नेपालमा यत्ति धेरै संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । यसअघि सोमबार २४ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो समय संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
यो पनि पढ्नुहोस्…