काठमाडौं । रोल्पामा बिहीबार साँझ बम बिस्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ गैरी गाउँको मैतीगातिनामा साँझ करिव ६ बजे बम विस्फोट भएको हो ।
बिस्फोटमा परी स्थानीय ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले बताए । मृतक दुई बालबालिका एकै परिवारका हुन् ।
बेवारिसे अवस्थामा भेटिएको बम खेलाउँने क्रममा बिस्फोट भएको बताइएको छ । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको छ । सेनाको डिस्पोजल टोली घटनास्थल पुगेपछि मात्र बालबालिकाको शव उठाइने प्रहरीले जनाएको छ ।