संगालोखबर सम्वाददाता

काठमाडौं । आईतबार एकैदिन १० जनामा कोरोना भाईरसको संक्रममण पुष्टि भएको छ । नेपालगञ्जमा नौ जना र पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगञ्जका ५ जना पुरूष र ४ जना महिलामा संक्रमण देखिएको बताए । उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन् ।

यता आजै पर्साको वीरगञ्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज-३ छपकैयाका ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!