काठमाडौं । गृह मन्त्रालयले सवारी पासमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
अत्यावश्यक प्रयोजनका लागि वितरण गरिएका पासको दुरुपयोग बढेको भन्दै गृह मन्त्रालयले प्रशासन कार्यालयहरुलाई कडाई गर्न निर्देशन दिएको हो ।
सवारी पास वितरणमा कडाइ गर्न भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
जिल्ला बाहिर जाने पास वितरणका लागि सम्बन्धित जिल्ला प्रशासनको समेत सहमति अनिवार्य रुपमा लिन गृहले निर्देशन दिएको हो ।