काठमाडौं । रौतहटका थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोनाको संक्रमण देखिएको हो ।
बृन्दावन नगरपालिकाका २४ बर्षीय र देवाही गोनाही नगरपालिकाका २५ बर्षीय पुरुषमा संक्रमण भेटिएको हो । बृन्दाबनका युवाको जनकपुरमा रहेको पीसीआर मेसिनमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भएपनि काठमाडौंमा पोजिटिभ रिपोर्ट आएको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । जसमध्ये १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।