भरतपुरको कोरोना अस्पतालमा मृत्यु भएका यादवको रिपोर्ट ‘नेगेटिभ’
चितवन । भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएका वीरगंजका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनको स्वाब रिपोर्ट ‘नेगेटिभ’ आएको जनाएको छ ।
वीरगञ्ज–२२ जनन्नाथपुरका ३० बर्षीय यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजले कोभिड १९ को आशंकामा कोरोना बिषेश अस्पताल पठाएको थियो । श्वासप्रश्वासम...




























